‘चोरको खुट्टा काट’ भन्दा नेताहरूले पो खुट्टा उचाले : राजेन्द्र लिङ्देन

‘अब उपरखुट्टी लगाएर बस्ने नेताको काम छैन’


३ पुष २०७८, शनिबार
Rajendra lingden

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘चोरको खुट्टा काट’ भन्दा अरु दलका नेताले खुट्टा तानेको जस्तो गरेको भन्दै नेताहरुको प्रवृत्तिप्रति कटाक्ष गरेका छन् । केहि दिनअघि भएको कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा आफूले बोलेका कुरामा नेताहरुले चरित्र सुधार्नुपर्ने अवस्था आएको सन्देश दिन चाहेको भए पनि नेताहरुले गलत रुपमा बुझेको उनले बताए । आफूले विकसित प्रवृतिका बारेमा बोल्दा अन्य नेता आफूमाथि खनिएको उनले बताए ।

उनले भने, ‘मैले प्रवृत्तिको कुरा गरेको थिएँ । तर नेताले आफैंलाई भनिएको जस्तो चोरको खुट्टा काट भन्दा खुट्टा ताने ।’ अध्यक्ष नेम्वाङले कांग्रेस महाधिवेशन उद्घाटनमा ‘नेताहरु गाउँ जाँदा जनताले कुन चोर आयो’ भनेर भन्ने गरेको बताएका थिए । राप्रपा यथास्थितिको राजनीतिबाट वाक्क दिक्क भएकाहरुका लागि आशा र भरोसा बनेको उनले दावी गरे । गृह जिल्ला झापामा शनिबार आयोजित कार्यक्रममा बोल्दै जनता तथा कार्यकर्ताको विश्वासमा कुठाराघात हुन नदिने बताए । उनले भने, ‘तपाईंहरुको मत र विश्वासलाई धोका दिन्न ।’

आफू पदमा मात्र बस्न अध्यक्ष नभएको बताए । उनले भने, ‘अब कार्यकर्ताले चिन्ता लिनु पर्दैन ।’ आफू कांग्रेस र कम्युनिष्ट मिलाएर हिँड्ने भएकाले कसले के भन्छ भन्ने कुराको पछि नलाग्ने लिङ्देनले बताए । राप्रपा अध्यक्ष लिङ्देनले पार्टीमा काम नगर्नेको स्थान नरहने बताए । उनले भने, ‘अब उपरखुट्टी लगाएर बस्नेको काम छैन । म पनि काम गर्छु, अरुले पनि गर्नुपर्छ ।’ अब पार्टी फुट्ने र फुटाउने परिस्थिति नभएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७