विमानस्थलबाट आधा किलो सुनसहित दुई बंगलादेशी नागरिक पक्राउ


३ पुष २०७८, शनिबार
pakrau
फाइल फोटो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५९० ग्राम सुन जस्तो देखिने धातुको बिष्कुट आकारको वस्तु, चेन, औंठी, ईएर रिङ, झुम्का र चुरासहित दुईजना बंगलादेशी नागरिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बंगलादेशी नागरिकहरू राहदानी नम्बर इएफ ०३९४७४१ बाहक २२ वर्षीय सलमान अहमेद र राहदानी नम्बर बीटी ०२१२१५४ बाहक ३० वर्षीय एमडी अबु जिहाद छन् । उनीहरूमध्ये अहमेदको साथबाट ३३० ग्राम र जिहादको साथबाट २६० ग्राम सुनजस्तो देखिने धातु बरामद भएको हो ।

हिमालयन एयरलाईन्सको उडानद्धारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ह्याण्ड ब्यागेज चेकिङ एरियामा विमानस्थल प्रहरी र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले उक्त धातु फेला परेको हो ।
उनीहरू उपर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आवश्यक अनुसन्धान एवम् कारबाही भइरहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७