कांग्रेस केन्द्रीय सदस्यको मत परिणाम : ११ सय भोट गन्दा शशांक कोइराला सबैभन्दा अगाडि


३ पुष २०७८, शनिबार
Shashanka koirala
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमध्ये शनिबारदेखि केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को मतगणना जारी छ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । विभिन्न १२ वटा समूहमा मतगणना भइरहेको र हालसम्म करिब ११ सय मतगणना भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । पार्टीका सबै पदाधिकारीको मतगणना शुक्रबार सम्पन्न भएको थियो । महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिनुभएको थियो । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् ।

केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ कलस्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएका क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानमा उल्लेख छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा व्यवस्था छ ।
हालसम्मको ताजा परिणाम

१) अजयबाबु सिवाकोटी- ३९२

२) अर्जुननरसिंह केसी- ६०२

३) उदयशमशेर राणा-७५१

४) एनपी साउद-६१३

५) कुन्दनराज काफ्ले-५९९

६) गुरु बराल-६०१

७) गोपालमान श्रेष्ठ -६५७

८) गोविन्द भट्टराई -५६६

९) जीतजंग बस्नेत-५१३

१०) जीपछिरिङ लामा-५८८

११) दिनेश कोइराला -६१३

१२) दिलेन्द्रप्रसाद बडू-६८५

१३) नैनसिंह महर-५१४

१४) पद्यनारायण चौधरी-३९९

१५) बलबहादुर केसि-६९८

१६) इ.मोहन आचार्य-३९०

१७) मोहनबहादुर बस्नेत -६९१

१८) बालकृष्ण खाँण-७९७

१९) रमेश लेखक-७०३

२०) रामशरण महत-६०९

२१) रामहरि खतिवडा-५७८

२२) लोकेश ढकाल-४५५

२३) शंकर ढकाल-३८८

२४) डा.शंशाक कोइराला-८८२

२५) सुनिलबहादुर थापा-६००

२६) सुरेन्द्रराज पाण्डे-५०१

२७) त्रैलोक्यप्रताप सेन-४६५

२८) ज्ञानेन्द्रबहादुर कार्की-६७८

२९) टेकराज पौडेल-४१३

३०) तारणीदत्त चतौट-४६७

३१) केदार कार्की-३९६

३२) सुरेशचन्द्र चालिसे-३८२

३३) धावा गुरुङ-३८६

३४) गणेश लामा-५८९

३५) मदन अमात्य-४०९

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७