सर्वदलीय बैठक अघि सत्ता गठबन्धनबीच छलफल


३ पुष २०७८, शनिबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बोलाएका छन् । विभिन्न राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारुढ दलको बैठक बोलाइएको सरकारका एक मन्त्रीले जानकारी दिएका छन् ।

उक्त बैठकमा देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालकी नेत्री दुर्गा पौडेल सहभागी हुनेछन् । प्रधानमन्त्री देउवाले संसदमा जारी अवरोध र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्नका लागि आइतबार अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाएका छन् ।

’साझा धारणा निर्माणका लागि आइतबार दिउँसो २ बजे सत्तारुढ गठबन्धनको बैठक बस्नेछ’ सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसद् बैठक अवरुद्ध हुँदै आएको छ । जसकारण एमसीसी पनि प्रभावित भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७