एक शिक्षकमा कोरोना देखिएपछि एक साता विद्यालय बन्द


४ पुष २०७८, आईतवार
school 1

धनकुटा । धनकुटाको पाख्रिबासको एक विद्यालयका एक शिक्षकलाई कोरोना संक्रमण भएपछि एकसाता विद्यालय बन्द गरिएको छ ।
पाख्रिबास नगरपालिका-५ मा रहेको जाल्पादेवी माध्यमिक विद्यालयका एक शिक्षकलाई कोभिड १९ सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक निर्मल रिमालले जानकारी दिए ।

कोरोना संक्रमणबाट बालबालिकालाई जोगाउन भन्दै विद्यालय व्यवस्थापन समितिले १० पुससम्म विद्यालय बन्द गर्ने निणर्य गरेको हो ।
विद्यालयमा कार्यरत ती शिक्षकको कोभिड १९ परीक्षण गर्दा नतिजा पोजेटिभ आएको हो। संक्रमित शिक्षक घरैमा होम आइसोलेसनमा बसेका छन् ।

विद्यालयमा कार्यरत अन्य दुई शिक्षकमा पनि कोभिड सङ्क्रमणको आशङ्का गरिएको थियो । तर, उनीहरुको नतिजा नेगेटिभ आएको प्रधानाध्यापक रिमालले बताए । पाख्रिबास नगरपालिकाका प्रमुख वृषबहादुर राईले कोभिडको आशङ्का लागेका सबै विद्यार्थी र शिक्षकको पीसीआर परीक्षणको तयारी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७