कांग्रेस खुला केन्द्रीय सदस्यको २,३९३ भोट गन्दा कसको कति ? (सूचीसहित)


४ पुष २०७८, आईतवार

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यमा गए रातिसम्म २,३९३ मत गणना भएको छ । बाँकी भोट आज (आइतबार) बिहानदेखि गणना गरिने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आधा मत गणना हुँदा डा. शशांक कोइराला अग्रस्थानमा छन् । उनले १,९७१ मत प्राप्त गरेका छन् । डा. कोइरालालाई एनपी साउदले पछ्याइरहेका छन् । उनको १,५३८ मत छ ।

त्यस्तै तेस्रो नम्बरमा रहेका बालकृष्ण खाँणको १,५०७, चौथो नम्बरमा रहेका रमेश लेखकको १,४५१ र पाँचौ नम्बरमा रहेका उदय शम्शेर राणाको १,४५१ मत छ । कांग्रेसमा खुला केन्द्रीय सदस्यतर्फ ३५ जना निर्वाचित हुनेछन् । जसका लागि ९९ जना प्रतिस्पर्धामा छन् । अहिलेसम्म चर्चित उम्मेदवार नै अगाडि देखिएका छन् । निर्वाचन समितिले गए राति साढे ११ बजेपछि मतगणना स्थगित गरेको छ । आज बिहान ९ बजेदेखि फेरि मगणना हुने निर्वाचन समितिले जनाएको छ ।

सबैभन्दा बढी मत पाउने ४५ उम्मेदवार :

१) डा.शशांक कोइराला-१९७१
२) एनपी साउद-१५३८
३) बालकृष्ण खाँण-१५०७
४) रमेश लेखक-१४५१
५) उदय शमशेर राणा -१४४५
६) शंकर भण्डारी-१४३७
७) ज्ञानेन्द्रबहादुर कार्की-१४२३
८) रामहरि खतिवडा-१३९५
९) अर्जुननरसिंह केसी- १३८३
१०) गोपालमान श्रेष्ठ -१३२३
११) जिप छिरिङ्ग लामा-१३१२
१२) जीतजङ्ग बस्नेत-१२८३
१३) नैनसिंह महर-१२८३
१४) डा.रामशरण महत-१२८१
१५) गोविन्द भट्टराई-१२७७
१६)सुनिलबहादुर थापा-१२४६
१७) बल बहादुर केसी-१२३३
१८) दिलेन्द्र प्रसाद बडू-१२३१
१९) मोहनबहादुर बस्नेत-१२०२
२०) दीपक गिरी-११७४
२१) सुरेन्द्रराज पाण्डे-११५१
२२) कुन्दनराज काफ्ले-११४३
२३) पद्मनारायण चौधरी-११३७
२४) गुरु बराल-१०३६
२५) सञ्जयकुमार गौतम-१००१
२६) गोविन्द राज पोखरेल-९६२
२७) गोपाल दहित-९३१
२८) राजीव ढुंगाना-९३५
२९) कृष्णकिशोर घिमिरे ९२९
३०) दिनेश कोइराला -९२५
३१) वीरेन्द्रकुमार कनौडिया-९१९
३२) ई. मोहन आचार्य-९१३
३३) अजयबाबु शिवाकोटी- ९०९
३४) मदनबहादुर अमात्य- ९०८
३५) उमेशजंग रायमाझी-८९१
३६) गणेश लामा-८८८
३७) मंगलप्रसाद थारु- ८७१
३८) मनोजमणि आचार्य-८५४
३९) केदार कार्की-८१९
४०) यज्ञबहादुर थापा-८००
४१) शम्भुलाल श्रेष्ठ-७९१
४२) हरिप्रसाद नेपाल-७८७
४३) तीर्थराज खनियाँ-७८०
४४) गंगाधर तिवारी-७६२
४५) जनकराज गिरी-७४४

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७