पाकिस्तानको कराचीमा बम विष्फोट हुँदा कम्तीमा १० जनाको ज्यान गयो, १२ जना घाइते


४ पुष २०७८, आईतवार
bomb BNOla01NGb

काठमाडौं । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराचीमा आज एउटा दुई तले भवनको भुइँ तल्लामा भएको बम विष्फोटमा कम्तीमा १० जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् ।

अहिले अस्पतालको अभिलेखमा १० शव र १२ घाइतेको नाम दर्ता भएको छ भने घटनामा गम्भीर घाइते भएका प्रायजसो घाइतेको अवस्था गम्भीर रहेको शहीद मोहम्मद बेनजिर भुट्टो इन्स्टिच्युट अफ ट्रमाका प्रमुख सञ्चालक मुहम्मद साबिर मेमनले जानकारी दिएका छन् ।

एक निजी बैंक र अन्य थुप्रै कार्यालयहरू भएको भवनमा ग्याँस चुहावटका कारण विष्फोट भएको बताइएको छ । विष्फोटमा भवन आंशिक रूपमा ध्वस्त भएको थियो र थुप्रै व्यक्तिहरू भग्नावशेषमा फसेको आशङ्का गरिएको छ । उद्धारटोली फसेका मानिसहरुको खोजीका लागि भग्नावशेष हटाउन प्रयासरत रहेका छन् ।

कराची सिन्धको प्रान्तीय राजधानी हो । सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आतङ्कवादको सम्भावनालाई ध्यानमा राखेर घटनाको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७