प्रदेश-२ मा फेरि बढ्यो कोरोना संक्रमण


४ पुष २०७८, आईतवार
korona

धनुषा । पछिल्लो समय प्रदेश-२ मा कोरोना सङ्क्रमण पुनः बढ्न थालेका छ । गत मंसिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको प्रदेश २ का स्वास्थ्य कार्यालयहरुले जनाएका छन् ।

स्वास्थ्यकर्मीहरुले कोरोना संक्रमणप्रति सर्तकता अपनाउन समेत आग्रह गरेका छन् । प्रदेश-२ स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा सङ्क्रमितको संख्या झण्डै दोब्बरले वृद्धि भएको छ । नयाँ सङ्क्रमित थपिएकामध्ये अधिकांश धनुषाका रहेको निर्देशनालयले जनाएको छ ।

गत मंसिर १८ गते प्रदेशमा ३४ जना कोरोना संक्रमित थिए । अहिले सङ्क्रमितको संख्या ६५ पुगेको प्रदेश-२ का स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए । तीमध्ये ६२ होम आइसोलेशनमा रहेका छन् भने तीनजना चिकित्सकको निगरानीमा छन् ।

प्रदेशमा ६५ कोरोना सङ्क्रमित रहेकामा धनुषामा मात्र ३५ सक्रिय सङ्क्रमित छन् । त्यस्तै महोत्तरीमा १६, सिरहामा पाँच, सर्लाहीमा तीन, पर्सामा चार, सप्तरीमा एक र बारामा एक जना कोरोनाको सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य निर्देशनालयले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७