बालिका बलात्कारमा संलग्न १४ वर्षीय किशोरलाई १२ वर्ष कैद


४ पुष २०७८, आईतवार
jel 1
सांकेतिक तस्वीर

ताप्लेजुङ । बालिकालाई जब्बरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङका एक १४ वर्षीय किशोरलाई अदालतले १२ वर्ष कैद सजाय हुने फैसला सुनाएको छ ।

बालबिज्याइँको कसुरमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका एक किशोरलाई जिल्ला अदालतले १२ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो । ती किशोरले २०७८ साउन २ गते गाईबस्तु चराउन गएकी गाउँकै बालिकालाई जब्बरजस्ती करणी गरेका थिए ।

बालिका बलात्कारमा परेको पर्सिपल्ट साउन ४ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा किशोरविरुद्ध अभिभावकले मुद्दा दर्ता गरेका थिए । बालिकालाई जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा बलात्कार पुष्टि भएको थियो । यसअघि किशोर पनि कम उमेरको भएकाले राउतकै इजलासले उनलाई बालसुधार गृहमा राख्न आदेश दिएको थियो ।

हाल मोरङको विराटनगरस्थित बालसुधार गृहमा राखिएका ती किशोरलाई अब १२ वर्षसम्म त्यहीं राखिने प्रहरी निरीक्षक तथा सूचना अधिकारी कैलाश अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७