वीरगञ्जमा एकैपल्ट १२५ शिक्षकको सरुवा र पदस्थापन


४ पुष २०७८, आईतवार
teacher

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकै पटक १२५ शिक्षकको सरुवा र पदस्थापन गरेको छ ।

महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाअनुसार महानगरपालिकाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापकको सरुवा तथा पदस्थापन गरिएको हो । महानगरपालिकाअन्तर्गत कूल ३२ वडामा प्रावि, निमावि र मावि गरी ९९ सामुदायिक विद्यालय छन् । जसमा करिब ८ सय शिक्षक कार्यरत छन् ।

विद्यालयका अभिभावक, विद्यार्थी र अगुवाको निवेदन र गुनासोमाथि मध्यनजर गर्दै विद्यालयलाई राम्रो पठनपाठनको थलो बनाउन शिक्षकको सरुवा र पदस्थापन गरिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७