ग्रिसमा गाडी दुर्घटनामा ज्यान गुमाएका चार नेपालीमध्ये एक जना कैलालीका


४ पुष २०७८, आईतवार
death

काठमाडौं । गत नोभेम्बर दोस्रो साता ग्रिसमा गाडी दुर्घटनामा परी ज्यान गुमाएका चार नेपालीमध्ये एक जनाको परिचय पत्ता लागेको छ ।
त्यहाँस्थित नेपाली राजदूतावासका अनुसार मृतक ४ मध्ये एक जना कैलालीको गौरीगंगा नगरपालिका-४ घर भएका ३७ वर्षीय लक्ष्मण सापकोटा हुन् ।

बाँकी ३ जनाको अझै पहिचान खुल्न सकेको छैन । उनीहरू गैरकानुनी रूपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा गाडी दुर्घटनामा परेका थिए । चिनिन बाँकी तीन मृतकको तस्बिर इन्टरपोलमा राखेर सार्वजनिक गरिएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७