प्रदेशमै रासायनिक मल उत्पादन गर्ने मन्त्रीको दाबी


४ पुष २०७८, आईतवार
mal

काभ्रेपलाञ्चोक । वागमती प्रदेशका नव नियुक्त कृषि तथा पशुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेशमै रासायनिक मल उत्पादन गरिने बताएका छन् । उनले काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका-४ मा नेकपा एकीकृत समाजवादीको वडा भेलालाई शनिबार सम्बोधन गर्दै उनले मल उत्पादनका लागि दुई हप्ताभित्रै अध्ययन कमिटी बनाएर प्रशासनिक प्रक्रिया अघि बढाइने जानकारी दिए ।

‘प्रदेशमै मल उत्पादन गर्न अबको १५ दिनभित्रै अध्ययन कमिटी बनाएर प्रक्रिया अघि बढाउछौं, अर्को आर्थिक वर्षमा बजेट छुट्याएर मल उत्पादन थाल्नेछौँ, यो अभियान देशैभरि लगिनेछ’, उनले भने । उनले आउँदो आर्थिक वर्षको बजेटले मल उत्पादन थालिने भए पनि यही वर्षमै अध्ययन गरी सम्पूणर् प्रशासनिक तयारी सक्ने बताए ।

मन्त्री हुमागाईंले मन्त्रालयले दुई हप्तामै स्वेतपत्र जारी गर्दै प्रदेशमा कृषि तथा पशुपक्षी विकासका क्षेत्रमा अघि बढ्ने बताए । उनले भने, ‘कृषिलाई आधुनिकीकरण गर्नुछ, जनताको कृषिका माध्यमबाट कृषकको आर्थिकस्तर वृद्धि गर्नुपर्छ ।’ उनले आफू पनि कृषिबाटै जनताको आर्थिकस्तर वृद्धि हुनुपर्ने विचारक भएको बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७