केकीको जन्म दिनको अवसर पारेर सकियो चलचित्र ‘सिल्ली’ को छायांकन


४ पुष २०७८, आईतवार
silly shoot2 tWOKKeHKJl

काठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा निर्माण भएको चलचित्र ‘सिल्ली’ को छायांकन सकिएको छ । फिल्मकी मुख्य अभिनेत्री केकी अधिकारीको जन्मदिनको अवसर पारेर छायांकन सकिएको निर्माण टिमले जनाएको छ ।

केही समयदेखि फिल्मको नेपालगञ्ज आसपासका ठाउँमा छायांकन भईरहेको थियो । कमेडी जनरामा निर्माण भएको फिल्मले केकीलाई जन्मदिनको शुभकामनासहित इन्डक्ल्याप गरेको हो । फिल्ममा केकीका अलावा धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पूणर्चन्द्र पोखरेल, अनिता लामिछाने लगायतका कलाकारको अभिनय छ ।

silly shoot qateQ5tKTZ

यही फिल्मबाट दिनेश रेग्मी, भूगोल कार्की र रमेश बजगाईले अभिनयमा डेव्यु गर्दैछन् । ह्याप्पी फिल्मको व्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोज डिके हुन् । विशाल श्रेष्ठ र सागर विष्ट सह-निर्माता रहेको फिल्ममा रबी केसीको मेकअप, शिव विकको कोरियोग्राफी, देब महर्जनको द्वन्द्व, दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ । फिल्मका सहायक निर्देशक विशाल बराल र केशव शर्मा हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७