लालपूर्जा माग्दै बाँदरझुलाबासी काठमाडौंमा, माइतीघरमा प्रदर्शन


४ पुष २०७८, आईतवार
lal 11639903872

काठमाडौं । चितवनको बाँदरझुलाका बासिन्दाहरुले लालपूर्जाको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । आफूहरू लामो समयदेखि बसोबास गर्दै आएकै क्षेत्रमा भूमिहीन रहेको र राज्यले बेवास्ता गरेको भन्दै उनीहरूले आइतबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

चितवनबाटै पटक पटक राज्यको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि बाध्य भएर काठमाडौं आएर प्रदर्शन गर्नुपरेको बाँदरझुला संघर्ष समितिले जनाएको छ ।

प्रदर्शनमा सहभागीहरूले आफूहरूले खनजोत गर्दै आएको जमिनको पूर्जा तत्काल दिइनु पर्ने माग गरेका छन् । चितवनबाट प्रतिनिधित्व गर्ने बिभिन्न राजनीतिक दलका नेताहरू राज्यको उच्च तहमा पुग्दा पनि बाँदरझुलाका जनता भने लालपूर्जा बिहीन हुनु दुःखद भएको बाँदरझुलाका बासिन्दाहरुले गुनासो गरेका छन् ।

अहिले आफूहरू केही प्रतिनिधि रुपमा मात्रै काठमाडौं आएको भन्दै माग पुरा नभए बाँदरझुलाका सम्पूणर् पीडितहरू काठमाडौं आई विरोध प्रदर्शन गर्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७