बालुवाटारमा सर्वदलीय बैठक शुरु, एमाले अनुपस्थित


४ पुष २०७८, आईतवार
sarbdaliya

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक शुरु भएको छ । सत्ता गठबन्धनको बैठक सकिए लगत्तै सर्वदलीय बैठक शुरु भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका सर्वमान्य नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादव, माओवादी नेता नारायणकाजी श्रेष्ठ, मजदुर किसान पार्टीका सांसद प्रेम सुवालसहित सहभागी छन् ।

संसद अवरोध र एमसीसीलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले शनिबार सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भए पनि संसदमा रहेका अन्य दलका नेताहरुले भने सहभागी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७