साफ यू-१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित


४ पुष २०७८, आईतवार
ind nep women championship1 XSqiTf64BX

काठमाडौं । बंगलादेशमा जारी साफ यू-१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम लिगमा नेपाल भारतसँग पराजित भएको छ ।

बंगलादेशको राजधानी ढाकास्थित सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा दिउँसो भएको खेलमा भारतले नेपाललाई १-० गोल अन्तरले हराएको हो । भारतका लागि प्रियंका देवीले ६६ औं मिनेटमा गोल गर्दै भारतलाई जित दिलाएकी हुन् । सुमाती कुमारीले प्रियंकालाई गोलको अवसर सिर्जना गरेकी थिइन् ।

पाँच टोली सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहेको नेपालले भारतसँग बराबरी गरेको भए पनि फाइनलमा पुग्ने थियो । तर यो खेल भारतको लागि भने फाइनलमा पुग्न नेपाललाई हराउनै पर्ने थियो । यस्तोमा भारतले जित निकालेको हो । जितसँगै भारत भने ३ खेलमा जित र १ खेलमा हारबाट ९ अंक जोड्दै पहिलो पटक फाइनलमा पुग्न सफल भएको छ । नेपालले ४ खेलबाट ७ अंक जोडेको छ । बंगलादेशको पनि ७ अंक नै छ ।

पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६-० ले हराएको थियो । यसपछि तेस्रो खेलमा नेपालले भुटानलाई ४-० गोलले हराएको हो । भारतले पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा भुटानलाई हराएको थियो । तेस्रो खेलमा भारत बंगलादेशसँग हारेको थियो । आजै बंगलादेशले श्रीलंकासँग अन्तिम खेल खेल्दै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७