म्यानमारको सैनिक शासकविरुद्ध लड्न जंगलमा तयारी गर्दै सर्वसाधारण


४ पुष २०७८, आईतवार
Capture1639911905

काठमाडौं । देशको सैन्य कब्जाविरुद्ध लड्न म्यानमारको पूर्वी कारेन राज्यको एउटा ‘सेक्रेट’ (गोप्य) जंगलमा फिटनेस कोच र अरु सर्वसाधारण सशस्त्र जातीय ‘गुरिल्ला’ (छापामार) हरूसँग तालिम गर्दैछन् ।

फेब्रुअरी १ कावे सैनिक कू विरुद्ध लड्न नयाँ भर्ना भएकाहरूलाई थाई सीमाना नजिकैको दुर्गम पहाडहरूमा अस्थायी पालमुनि राखिएका छ । त्यहाँ उनीहरू कसरी राइफल लोड गर्ने र घरेलु बमहरूका लागि डिटोनेटर (बमगोला विष्फोट गराउने यन्त्र) सेट गर्ने भनेर सिक्छन् । रोयटर्सले जवान महिला पुरुषको दुर्लभ फुटेज लिएको छ । त्यस फुटेजमा ती जवानहरूले छापामार लडाकु बन्न शहरको काम छोडेको बताएका छन् । उनीहरूले ब्रान्डेड टिसर्ट र रंगीचंगी कपडाहरू सैन्य पोसकको लागि साटेका छन् ।

ती तस्बिर र भिडियोहरू सेप्टेम्बरमा लिइएको हो । म्यानमारको सैनिक सरकारका एक जना प्रवक्ताले सो समूह र देशका अन्य सुरक्षा बलहरूको बारेमा टिप्पणीको लागि गरेको अनुरोधको कुनै जवाफ दिएनन् । नयाँ भर्ती भएका केहीले कू भएपछि उठेको प्रदर्शनले उनीहरूको नयाँ शासकलाई रोक्न असफल भएकाले हतियार उठाएको बताए । सैनिक शासकले प्रदर्शनमाथि हिंसात्मक दमन गरेका थिए ।

‘हाम्रो लागि हतियार उठाउनु एक मात्र विकल्प हो’, आफ्नो नाम खुलाउन नचाहने ३४ वर्षीय पूर्व फिटनेस प्रशिक्षकले भने । उनको पिठ्युँको ट्याटुमा ‘फ्रिडम टु लिड’ लेखिएको छ र म्यानमारको अपदस्थ नेतृ आङ सान सुकीको अनुहार खोपिएको छ । सुकीलाई कूको समयमा हिरासतमा राखिएको थियो र यसै महिना कोरोना भाइरस प्रतिबन्धहरू उल्लङ्घन गरेको र उक्साएको आरोपमा दोषी ठहर गरिएको थियो ।

उक्त फैसलाको अन्तर्राष्ट्रिय स्तरबाट निन्दा भएको छ । जुन्टाले भने यसले कोही पनि कानुनभन्दा माथि नरहेको र न्यायिक प्रणालीमा ‘पक्षपात नभएको’ देखाएको बताएका छन् । देशकै सबैभन्दा ठूला सशस्त्र जातीय समूहमध्ये एक कारेन नेसनल युनिन (केएनयू) ले सर्वसाधारणलाई तालिम दिइरहेको छ । उसले आन्दोलनकारीहरूसँग ऐक्यवद्धता जनाउँदै आफ्नो प्रदेशमा आश्रय खोजेका हजारौँलाई अनुमति दिएको छ । केएनयूले टिप्पणीका लागि गरेको अनुरोधको कुनै प्रतिक्रिया दिएन ।

यस्तै खालका सैयौं प्रतिरोधी समूहहरू देशभर देखा परेका छन् । कू विरोधी सशस्त्र लडाकुहरूको खुला गठबन्धले आफैंलाई ‘पिपल्स डिफेन्स फोर्स’ (जनताको रक्षा बल) भन्छ । एक प्रशिक्षण आयोजक पूर्व विद्यार्थी कार्यकताले आफ्नो समूहमा एक सयभन्दा बढी जवानहरू लड्नक लागि तालिम गरिरहेका र निरन्तर रूपमा नयाँ भर्तीहरू आइरहेको बताए । रोयटर्सले यसको स्वतन्त्र पुष्टि गर्न सकेन । रोयटर्स

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७