३,५९५ भोट गन्दा यी हुन् सबै भन्दा बढी मत ल्याउने १० उम्मेद्वार (सूची)


४ पुष २०७८, आईतवार
NC CCM 1 2 1639806463

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फ ३,५९५ मतगणना भएको छ । पूर्वमहामन्त्री शशांक कोइरालाले आफ्नो अग्रता कायमै राखेका छन् । उनले ३,५९५ मतगणना हुँदा २,९४० मत प्राप्त गरेका छन् ।

त्यस्तै दोस्रो स्थानमा एनपी साउदले २,२५९ मत ल्याएका छन् भने तेस्रोमा बालकृष्ण खाँणले २,२०७ मत ल्याएका छन् । त्यस्तै चौथोमा उदय शम्शेर राणाले २,१६७ मत ल्याएका छन् भने पाँचौंमा रामहरि खतिवडाले २१४७ मत ल्याएका छन् । त्यस्तै छैटौंमा रमेश लेखकले २,१३१ मत ल्याएका छन् भने सातौंमा ज्ञानेन्द्रबहादुर कार्कीले २,१२७ मत ल्याएका छन् ।

त्यस्तै आठौंमा शंकर भण्डरीले २,११२ मत ल्याएका छन् भने नवौंमा जिपछिरिङ लामाले २,०३५ र दसौंमा अर्जुननरसिंह केसीले २,०३० मत ल्याएका छन् । १४ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए । निर्वाचन समितिले अब एक सातामा सबै पदको मतगणना भइसक्ने जनाएको छ ।

हेर्नुहोस् सूची

k 1
k1 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७