एमालेलाई सर्वदलीय वैठकको आग्रह : संवादमा आऊ, संसद् अवरुद्ध नगर


४ पुष २०७८, आईतवार
sarbdaliya

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले प्रमुख विपक्षी दल नेकपा एमालेलाई संसद अवरोध नगर्न आह्वान गरेका छन् ।
आइतबार बसेको सर्वदलीय बैठकले आफ्ना सहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसदलाई बन्धन नबनाउन एमालेलाई आग्रह गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

‘विरोध गर्ने र असहमति प्रकट गर्ने मूल थलो संसद नै हो तर जननिर्वाचित संस्थालाई लामो समय बन्धक बनाउनु उचित होइन’ कार्कीले बैठकको निष्कर्ष सुनाउँदै भनेका छन्, ‘प्रतिपक्षले उठाएको विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार छ ।’ सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् नियमित अवरुद्ध हुँदा लोकतन्त्र र संसदीय अभ्यास समेत कमजोर हुन जाने खतरा रहेको बताए ।

‘सिङ्गो संसद्लाई बन्धक बनाउँदा लोकतन्त्र र संसदीय अभ्यास समेत कमजोर हुन जाने खतरा हुन्छ । प्रतिपक्षले उठाएका विषयमा संवाद गर्न र उपयुक्त सहमति खोजी गर्न सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै संसद् सञ्चालनमा सहयोग गर्न हामी प्रतिपक्षलाई आग्रह गर्दछौं’ उनले भने ।

नियमित रूपमा संसद् अवरोध गर्दै आएको दल एमालेले सर्वदलीय बैठक बहिष्कार गरेको थियो । आजको बैठकमा एमसीसीका विषयमा थप छलफल गरेर निणर्यमा पुग्ने सहमति भएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७