त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘भिजिबिलिटी’ न्यून, तराईमा बाक्लो हुस्सु


५ पुष २०७८, सोमबार
kathamandu scaled

काठमाडौं । केही दिनयता तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरो लाग्न थालेको छ । बिहान बाक्लो हुस्सु लागे पनि दिउँसो पछि घाम लाग्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिइन् । बाक्लो हुस्सु, कुहिरोका कारण तराईको जनजीवनमा असर पर्न थालेको छ । चिसोले बिहान बेलुका घर बाहिरको काम गर्न नै कठिन हुने गरेको छ ।

यस्तै, अहिले काठमाडौ उपत्यकासहित केही पहाडी जिल्लामा पनि कुहिरो लागेको छ । अहिले कुहिरो लागे पनि बिस्तारै हटेर घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद्काअनुसार आज पनि देशका धेरै ठाउँमा हिजो जस्तै पारिलो घाम लाग्ने सम्भावना छ । अबको केही दिन बिहान/बेलुका चिसो बढे पनि दिउँसोको समयमा घाम लाग्ने मौसमविद्ले बताएका छन् । काठमाडांैको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

‘बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने भएकाले हवाई तथा सडक यातायात प्रभावित हुन्छ । त्यसैले सवारी दुर्घटना बढ्न सक्ने भएकाले सडक सवारी चलाउँदा न्यून गतीमा चलाउनु पर्छ ।’ आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटी दुई हजार मिटर रहेको छ । ‘यो भिजिविलिटीमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण गर्न सकिँदैन । तर, डोमेस्टिकतर्फको उडान तथा अवतरण भने यो भिजिविलिटीमा गर्न सकिन्छ’, मौसमविद् मञ्जु बताउँछिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७