बाथरुममा गम्भीर अवस्थामा फेला परेकी महिलाको उपचारकै क्रममा मृत्यु


५ पुष २०७८, सोमबार
245 Shares

भक्तपुर । आफ्नै घरको बाथरुममा गम्भीर अवस्थामा फेला परेकी भक्तपुर बालकोटकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
आइतबार साँझ बाथरुममा गम्भीर अवस्थामा फेला परेकी सूर्यविनायक- २ बालकोटकी २९ वर्षीया गीता सापकोटाको उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी राजु पाण्डेका अनुसार आइतबार साँझ ५ बजे गम्भीर अवस्थामा फेला परेकी सापकोटालाई तत्कालै अस्पताल पुर्‍याइएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उपचारको क्रममा साँझ साढे ६ बजे उनको मृत्यु भएको हो । प्रहरीले उनले विषादी सेवन गरेको आशंका गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ncll 2
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७