म्यानचेस्टर सिटीले न्युक्यासललाई चार गोलले हरायो, चेल्सी बराबरीमा रोकियो


५ पुष २०७८, सोमबार
0 Atkinson Silva yellow card MCFC v

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई ४-० गोल अन्तरले हराएको छ । गए राति भएको खेलमा शीर्ष स्थानको सिटीले न्युक्यासललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

सिटीका लागि खेल सुरु भएको पाँच मिनेटमै रुबेन डियासले गोल गर्दै अग्रता दिलाए । यस्तै, खेलको २७ औं मिनेटमा जोआ कान्सेलोले गोल गरे भने ६३ औं मिनेटमा रियाद महरेज र ८६ औं मिनेटमा रहिम स्ट्रर्लिङले एक/एक गोल गरे ।

जितसँगै सिटीले १८ खेलमा ४४ अङ्क जोडेको छ । न्युक्यासल १० अङ्क जोडेर १९ औं स्थानमा छ । यस्तै, इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । गए राति भएको खेलमा चेल्सीले उल्भ्ससँग गोलरहित बराबरी खेलेको हो । बराबरीसँगै चेल्सीले १८ खेलमा ३८ अङ्क जोडेको छ । चेल्सी तेस्रो स्थानमा छ । उल्भ्स भने २५ अङ्क जोडेर ८ औं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७