इङलिस प्रिमियर लिग : लिभरपुल र टोटेनह्यामले अंक बाँडे


५ पुष २०७८, सोमबार
FHAiDv6VcAY9UUj 9UWdo8Zl8a

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटेनह्यामले बराबरी खेल्दै अङ्क बाँडेका छन् । गए राति भएको खेलमा लिभरपुल र टोटेनह्यामले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

टोटेनह्यामका लागि खेलको १३ औं मिनेटमा ह्यारी केनले गोल गरे । खेलको ३५ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए भने खेलको ६९ औं मिनेटमा एन्ड्रयु रोबर्टसनले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । खेलको ७४ औँ मिनेटमा टोटेनह्यामका सन ह्युङ मिनले गोल गर्दै टोटेनह्यामलाई २-२ गोलको बराबरीमा ल्याए ।

खेलको ७७ औं मिनेटमा रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो । बराबरीसँगै १८ खेलमा ४१ अङ्क जोडेको लिभरपुल अङ्क तालिकाको दोस्रो स्थानमा छ । टोटेनह्याम २६ अङ्कसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७