क्रिसमसको यात्राले ओमिक्रोनको संक्रमण बढ्ने फाउचीको चेतावनी


५ पुष २०७८, सोमबार
21 Shares
fauchiau YmnQ41eMN3

काठमाडौं । अमेरिकी वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले आउँदै गरेको क्रिसमसमा हुने यात्राले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण बढ्ने चेतावनी दिएका छन् । उनले यो क्रममा ओमिक्रोन सबैभन्दा तीव्र गतिमा फैलिन सक्ने बताएका छन् । कोरोना खोपको पूरा डोज लिएका मानिसमा पनि यो संक्रमण फैलिने जोखिम रहेको उनको भनाइ छ ।

फाउचीले आइतबार एनबीसी च्यानलसँगको एक कार्यक्रममा भने, ‘यसमा कुनै सन्देह छैन कि ओमिक्रोनमा फैलिने क्षमता असाधारण छ ।’ महामारीको विषयमा अमेरिकी सरकारलाई सल्लाह दिँदै आएका फाउचीले अहिले यो संक्रमण विश्वव्यापीरूपमा तीव्र गतिमा बढिरहेको उल्लेख गरे । ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै धेरै मुलुकले सामाजिक गतिविधिमा प्रतिबन्ध बढाएका छन् । युरोपमा फ्रान्स र जर्मनीले यात्रामा प्रतिबन्ध लगाएका छन् भने नेदरल्याण्ड्सले क्रिसमसमा प्रतिबन्ध लगाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यस्तै धेरै मुलुकले बुस्टर डोजको कार्यक्रमलाई तीव्रता दिएका छन् । बुस्टर डोजले ओमिक्रोनविरुद्ध करिब ८५ प्रतिशतको सुरक्षा प्रदान गर्न सक्ने हालै सार्वजनिक भएको एक अध्ययनले देखाएको छ ।

ncll 2

फाउचीले ओमिक्रोनको संक्रमण फैलिएसँगै स्वास्थ्य व्यवस्थामा पनि गम्भीर असर पर्न सक्ने बताएका छन् । उनले मानिसहरुलाई मास्क लगाउने तथा भौतिक दूरी कायम गर्नेजस्ता नियम पालना गर्न आग्रह गरेका छन् । उनले खोप नलगाएका मानिसमा कोरोनाको गम्भीर संक्रमण देखिने सम्भावना धेरै रहेको बताएका छन् ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७