चिलीको राष्ट्रपतिमा ३५ बर्षीय विद्यार्थी नेता बोरिक विजयी


५ पुष २०७८, सोमबार
boric

काठमाडौं । ल्याटिन अमेरिकी मुलुक चिलीको राष्ट्रपतिमा ३५ बर्षीय गेब्रियल बोरिक निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी जोसे एन्टोनियो कास्टलाई पराजित गर्दै बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन् । अन्तिम मत परिणाम अनुसार बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा कास्टको पक्षमा ४४ प्रतिशत मात्रै मत परेको थियो ।

चिलीमा सरकारबिरुद्ध भएको ब्यापक प्रदर्शनपछि राष्ट्रपतीय पदको निर्वाचन भएको हो । बोरिक बिश्वकै कान्छो राष्ट्रपतिमध्येको एक भएको बताइएको छ । बिद्यार्थी आन्दोलनबाट उदाएका बोरिकले आन्दोलनकै क्रममा चिलीमा स्थिर अर्थ ब्यबस्था अवलम्बन हुने बाचा गरेका थिए ।

चिलीमा राष्ट्रपति पदका लागि यो पटक भएको निर्वाचनमा अहिलेसम्म सरकारी पद धारण नगरेका दुई बिद्यार्थी नेताहरु बोरिक र कास्टबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७