बंगलादेशमा कोरोना भाइरसविरुद्ध अतिरिक्त खोप लगाउन शुरु


५ पुष २०७८, सोमबार
1624353146 8193

काठमाडौं । बंगलादेशमा आइतबारदेखि कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन शुरु गरिएको छ । सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान शुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

बंगलादेशका स्वास्थ्य मन्त्री जहिद मालेक्वीले आइतबार राजधानी ढाकामा यस अभियानको शुरुवात गरेका हुन् । अभियानको उद्घाटन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस अभियानलाई चाँडै नै देशव्यापी गराइने जानकारी दिए ।

अतिरिक्त खोप पनि सुरुमा अग्रपंत्तिमा काम गर्नेहरूलाई उपलब्ध गराइने र त्यसपछि क्रमशः अरुलाई लगाइने उनले स्पष्ट पारे । उनका अनुसार पत्रकार तथा धार्मिक नेताहरूलाई पनि अतिरिक्त खोपका लागि प्राथमिकताको सूचीमा राखिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७