मिस मंगोलको उपाधि एप्रिला लामालाई


५ पुष २०७८, सोमबार
14 Shares
267943375 1510851242645308 349100082415450149 n FXcKLCZv6a

काठमाडौं । मिस मंगोल नेपालको यो वर्षको उपाधि एप्रिला लामाले हात पारेकी छिन् । २१ वर्षीया एप्रिलाले काठमाडौंबाट सहभागिता जनाएकी थिइन् । उपाधिसहित एप्रिलाले एक लाख रुपैयाँ पुरस्कारसहित बैंकक टुर प्याकेज प्राप्त गरेकी छिन् ।

एप्रिलाले प्रतियोगिताको शिर्ष उपाधि उचाल्दा ताप्लेजुङकी प्रिया लिम्बु मादेन फस्ट रनर भइन् भने ललितपुरकी विभिषिका श्रेष्ठ सेकेन्ड रनरअप घोषित भइन् । उपाधिसँगै प्रिया र विभिषिकाले पनि चार दिनको बैंकक टुर प्याकेज प्राप्त गरेका छन् ।
रिडी गु्रपले प्रायोजन गरेको प्रतियोगितामा काठमाडौंकी प्रदिका महर्जन मिस मंगोल बागमती, रौतहटकी चन्द्रकुमारी सारुमगर मिस मंगोल प्रदेश २, पाँचथरकी शान्ता योङहाङ मिस मंगोल प्रदेश १ घोषित भएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यसैगरी खोटाङकी सान्तवना राईले मिस ट्यालेन्टको उपाधि उचाल्दा ललितपुरकी समिता बज्राचार्य कल्चर एम्बासडर र सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पा मिस फोटोजेनिक एवं मिस लिडरसिप घोषित भइन् । यो प्रतियोगितामा सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, रिडी गु्रपका निर्देशक डिबी आले, संगीतकार शान्तिराम राई, मिस मंगोल नेपाल २०१४ की विजेता एनिस्ता गुरुङ निणर्ायकका रुपमा सहभागी थिए । एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिस मंगोल नेपाल’को यो वर्षको अन्तिम प्रतिस्पर्धामा देशभरका २२ युवती छानिएका थिए ।

ncll 2
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७