टिपरको ठक्करबाट एक जनाको मृत्यु, शव सडकमै छाडेर आन्दोलन


५ पुष २०७८, सोमबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

मोरङ । मोरङको रतुवामाई नगरपालिका-४ स्थित भित्री सडक खण्डमा आइतबार साँझमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । टिपरको ठक्करबाट साइकल यात्री रतुवामाई-४ का ५७ वर्षीय हरिराम गिरीको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

टिपर चालकको लापर्बाहीका कारण दुर्घटना भएको भन्दै घटनास्थलमै शव छाडेर स्थानीय आन्दोलनमा उत्रिएका छन् । उनीहरुले दुर्घटना गराउने चालकलाई कारबाही हुनुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेर आन्दोलन थालेको प्रहरीले जनाएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख ५११० नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा दुर्घटना भएको हो । साँझ ५ बजेतिर भएको दुर्घटनामा परेर गिरीको घटनास्थलमै मृत्यु भएको र दुर्घटनापछि आक्रोशित स्थानीयले तोडफोड गरेर टिपरमा क्षति पुर्‍याउनुकास साथै चालक रतुवामाई-९ का ४१ वर्षीय मिलन खड्कामाथि पनि कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते चालक खड्काको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि आफन्त र स्थानीय बासिन्दाले मृतकको शव बुझ्न अस्वीकार गरेको रतुवामाई-४ का वडाध्यक्ष देवराज राजवंशीले बताए । उनका अनुसार दुर्घटनाको विरोधमा उत्रिएका स्थानीय, आफन्त र परिवारका सदस्यले मृतकको शव बुझ्न अस्वीकार गरिरहेका छन् ।

स्थानीयका अनुसार ठक्करबाट लडेरका उनलाई पुनः टिपर पछाडि गरेर किच्दा मृत्यु भएको बताएका छन् । दुर्घटना गराउने चालकसँग सवारी चालक अनुमतिपत्र साथमा नभएको र साँघुरो सडकमा टिपरले साइकललाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७