३० लाख ७२ हजार मात्रा कोभिडविरुद्धको खोप आज नेपाल आउँदै, कस्तो छ भण्डारणको व्यवस्था ?


५ पुष २०७८, सोमबार
nepal airlines korona

काठमाडौं । नेपालमा आज (सोमबार) एकै दिन ३० लाख ७२ हजार डोज कोभिडविरुद्धको खोप आउने भएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखाका अनुसार आज कोभिसिल्ड र भेरोसोल गरी ३० लाख ७२ हजार डोज खोप आउन लागेको हो ।

आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार भारतबाट १८ लाख ७० हजार ५०० डोज कोभिसिल्ड र चीनबाट १२ लाख १ हजार ८८७ डोज भेरोसेल खोप नेपाल आउने भएको हो । कोभिसिल्ड कोभ्याक्स सुविधा अन्तर्गत र भेरोसेल खोप एसियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा खरिदको खोप हो ।

‘हामीले पहिला कन्फर्म गरेको भेरोसेल खोपलाई पहिला ल्याउँछौँ भनेर पत्राचार गरेका छौँ,’ स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले भने । हालसम्म खोप भण्डारणमा कुनै समस्या नभएको उनले बताए ।

व्यवस्थापन महाशाखाले खोप भण्डारणमा खासै समस्या छैन भनिरहँदा पुस ७ गते पनि ११ लाख ८४ हजार ९ सय १३ भेरोसेल खोप नेपाल आइपुग्ने कन्फर्म भएको थियो । तर, नेपालले पुस ५ गते १८ लाख ७० हजार ५०० मात्रा आउने भएकाले र पुस ७ गते आउने निश्चित भएको खोपको मिति पछि सार्नका लागि प्रस्ताव गरेको व्यवस्थापन महाशाखाका एक अधिकारीले बताए । यस्तै पुस ७ गते नेपाल आइपुग्ने भनिएको भेरोसेल ११ लाख ८४ हजार ९ सय १३ मात्रा जनावरीको दोस्रो हप्तामा पठाउन प्रस्ताव गरिएको छ ।

यस्तै, नेपालले कोभिशिल्ड खोपलाई ७ गते पठाउनका लागि पत्राचार गरिएकोमा पछि २८ गतेलाई सार्न प्रस्ताव गरिएको छ । फाइजर खोप २३ र २४ तारिकमा नेपाल आइपुग्ने भनिएको थियो । तर, कार्गोले २३ र २४ तरिकमा बिदा पर्ने भएकाले अप्ठेरो हुने जनाएपछि २३ तारिखको बिहानको पहिलो फाइटमा पठाउन नेपालले आग्रह गरेको थियो । तर, उताबाट पुनः २७ तारिखमा फाइजर खोप पठाउने प्रस्ताव आयो । तर, नेपालले यसअघि नै २७ तारिखमा अन्य ठाउँबाट खोप ल्याउने तालिका बनाएकाले अब २९ तारिकमा मात्रै ६ लाख ६४ हजार फाइजर खोप पठाइदिन प्रस्ताव गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७