ट्रकको ठक्करबाट एक छात्रको मृत्यु


५ पुष २०७८, सोमबार
death

लालबन्दी । लालबन्दी नगरपालिका-९ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिँदा एक छात्रको आज विहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा लालबन्दी-९ स्थित जनज्योति माविमा कक्षा-९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका-१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका अनुसार टियुसन पढ्न जाने क्रममा पैदल हिडिरहेका बेला छात्रलाई ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७