टिपरको ठक्करबाट रौतहटमा माओवादी नेताको मृत्यु


५ पुष २०७८, सोमबार
tipper atanka

रौतहट । रौतहटको फतुवा विजयपुर-११ हिमालिबासमा टिपरको ठक्करबाट एक माओवादी नेताको मृत्यु भएको छ । फतुवा विजयपुर-११ हिमालिबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक माओवादी नेता खेदु चौधरीको मृत्यु भएको हो ।

आइतबार राति साढे ८ बजे बा ३०प ८११५ नम्बरको मोटरसाइकललाई तीव्र गतिमा रहेको गुगल निर्माण सेवाको ना ८ ख ४२०२ नम्बरको टिपरले ठक्कर दिएको थियो । चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगतै आक्रोशित स्थानीयहरूले निर्माण सेवाको २ वटा टिपरमा तोडफोड गरेका थिए ।

टिपर चालक भने फरार रहेका छन् । चौधरीको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर विष्णु विश्वकर्माले बताए । मृतक खेदु चौधरी फतुवा विजयपुर-९ का माओवादी वडा कमिटी सदस्य रहेको माओवादी नगर अध्यक्ष अजय तिमल्सिनाले जानकारी दिएका छन् । यसैबीच दोषीलाई कारबाही र क्षतिपूर्ति को माग गर्दै सोमबार बिहान विजयपुर बजारमा स्थानीय नेता-कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७