कांग्रेस खुला महिलातर्फ केन्द्रीय सदस्यको मत गणना शुरु


५ पुष २०७८, सोमबार
NC CCM 1 2 1639806463

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना भइरहेको छ ।
हिजो खुला केन्द्रीय सदस्यको मतगणना सकिएपछि खुला महिलातर्फको मतगणना शुरू गरिएको थियो । कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठकाअनुसार हिजो बेलुकासम्म सात सय मत गनिएको थियो । बाँकी मतगणना अघि बिहान १० बजेदेखि फेरि शुरु गरिएको हो ।

मत गणना कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । खुला महिलातर्फ ९ जना निर्वाचित हुने छन् । यस्तै, अहिले खुला महिलातर्फको मतगणनासँगै मधेशी क्लस्टरतर्फको केन्द्रीय सदस्यको मतगणना पनि भइरहेको छ । मधेशी क्लस्टरतर्फ चार जना निर्वाचित हुने व्यवस्था छ । पर्सीसम्ममा सबै मत गणना सक्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७