१,३६४ भोट गन्दा हालसम्म डिला पहिलो, पुष्पा दोस्रो र आरजु तेस्रो स्थानमा


५ पुष २०७८, सोमबार
dila pushpa arju

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको १४औं महाधिवेशनको मत गणना आज (सोमबार) पनि जारी छ ।
पार्टी कार्यालय सानेपामा पदाधिकारीको मतगणना सकिएर केन्द्रीय सदस्यको मतगणना जारी छ । केन्द्रीय सदस्यको पनि खुलातर्फको मतगणना भइसकेको छ । अहिले खुला महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । खुला महिलातर्फ १,२६४ मत गणना हुँदा सबैभन्दा बढी मत डिला संग्रौलाले ल्याएकी छिन् ।

उनले ८२५ मत पाउँदा दोस्रोमा पुष्पा भुसालले ८०२ र तेस्रोमा आरजु राणाले ७०२८ मत पाएकी छिन् । यसैगरी अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाई ६२४, रमा कोइराला ५२९, सुशीला ढकाल ५१९ र अनिता देवकोटाले ५१३ मत पाएकी छिन् । खुला महिलातर्फ ९ सदस्याका लागि ३० जनाको उम्मेदवारी छ । महिला खुलातर्फ पनि देउवा समूह अगाडि देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७