प्रतिनिधिसभा विघटन संविधानलाई असफल बनाउने खेल : सञ्चारमन्त्री कार्की


५ पुष २०७८, सोमबार
Gyanendra Karki RSS1629376040

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अधिनायकवादतर्फ धकेल्न खोजेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन समाजवादी प्रेस संगठनले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले प्रतिनिधिसभा विघटन संविधानलाई असफल बनाउने खेल भएको बताए ।

’संविधानले परिकल्पना नगरेको र भावना तथा इच्छा विपरित प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई अन्ध्यारो सुरुङतर्फ ढकेल्ने प्रयास भएको थियो । त्यसको विरुद्धमा जे जति आन्दोलन भए । नेपाली जनतालाई एकजुट भए,’ कार्कीले भने ’अधिनायकतर्फ धकेल्ने प्रयास गरेका थिए । त्यसलाई पाँच दलीय गठनले परास्त गरेको छ । विघटन संविधानलाई असफल बनाउने खेल अन्तर्गत भएको थियो ।’

तत्कालीन प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । जसलाई फागुन ११ गते सर्वोच्च अदालतले पुनःस्थापना गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७