प्रचण्ड सोझो हुनुभयो, ओली जस्तो ज्याद्रो मानिसलाई चिन्नै सक्नु भएन : माधव नेपाल


५ पुष २०७८, सोमबार
42 Shares
Madhav Nepal

काठमाडौं । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोझो भएर केपी शर्मा ओलीलाई चिन्न नसकेको बताएका छन् । प्रतिनिधिसभा विघटनको एक वर्ष पुग्दा समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफू ओलीको व्यवहारले हत्तु, हैरान भएको बताए ।

‘प्रचण्डले कहिले पनि कुरा उठाउनु भएन, सोझो हुनुभयो । सम्भवतः पार्टी एकता भएको धेरै कुरा गर्दा समस्या होला । ओली जस्तो ज्याद्रो मानिसलाई चिन्नै सक्नु भएन । म हत्तु, हैरान भएको मानिस हो,’ नेपालले भने, ‘प्रचण्ड अलि सोझो मानिस हुनुहुँदोरहेछ । उहाँले कहिले पनि सहमति लागू गर भनेर भन्नु भएन ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ncll 2
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७