‘सेटिङ’ ले गर्दा सूर्य चिन्ह हाम्रो भएन, नत्र ओली अहिले सडकमा हुन्थे : प्रचण्ड


५ पुष २०७८, सोमबार
Prachanda 2

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीमाथिको कारबाही निर्वाचन आयोगले अघि बढाएको भए सूर्य चिन्ह यतिबेला आफूहरुको भइसक्ने बताएका छन् ।

२०७७ पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनका सन्दर्भमा समाजवादी प्रेस संगठनले सोमबार काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ’निर्वाचन आयोगले हाम्रो सिफारिस मानेको भए केपी ओली पार्टीविहीन हुने थिए । उनी बबुरो भएर सडकमा पुग्ने थिए’, उनले भने, ’तर ठूलो सेटिङबाट उनलाई जोगाइयाे । हामीले उनलाई पार्टीको साधारण सदस्यबाटै निकालेका थियौं । निर्वाचन आयोगले संविधान अनुसार काम नै गरेन ।’

उनले पार्टीमा आफूहरुले ७५ प्रतिशत हिस्सा कब्जा गरिसकेको अवस्थामा ओलीले अर्को पार्टी बनाइसकेको बताए । ‘सूर्य चिन्ह पनि हाम्रो भइसकेको थियो । ओलीले त अर्को पार्टी बनाइसकेका थिए’, उनले भने, ‘तर सेटिङका कारण हाम्रो योजना सफल भएन । ओलीले नियुक्त गरेका निर्वाचन आयोगका पदाधिकारीले निष्पक्ष निणर्य दिन सकेनन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७