एमसीसी आर्थिक सहयोग मात्र बनोस् : माधव नेपाल

‘तीन जनाको कमिटी बनाएर एमसीसीबारे छलफल गरिरहेका छौं’


५ पुष २०७८, सोमबार
madhav kumar

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याप्ट (एमसीसी) बारे साझा धारणा बनाउन प्रयास भइरहेको बताएका छन् ।

समाजवादी प्रेस संगठनले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले सैन्य गठबन्धनमा समोवश गर्ने कुरा स्वीकार गर्न नसकिने बताए । उनले एमसीसीका बारेमा छलफल चलाइरहेको बताएका छन् ।

‘एमसीसीका बारेमा छलफल चलाइरहेका छौं । तीन जनाको कमिटी बनाइएको छ । नेपाललाई कुनै सैन्य गठबन्धनमा स्वीकार गर्न सक्दैनौं’, काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले भने, ‘यो आर्थिक सहयोग मात्रै बनोस् । छिमेकीमाथि असर नपरोस् भन्नेमा सजग छौं । राष्ट्रिय हितमा होस् भन्ने हाम्रो चाहना हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७