शेयर बजारमा देखिएन सुधार, नेप्सेमा १७.९३ अंकको गिरावट


५ पुष २०७८, सोमबार
share market

काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) पनि शेयर बजारमा सुधार देखिएन । आइतबार बिदा भएर आज सोमबार खुलेको शेयर बजारमा नेप्से परिसूचकमा १७.९३ अंकको गिरावट हुँदा २३५८.८१ बिन्दुमा बन्द भएको छ ।

नेप्सेसँगै उत्पादनमुक र लघुवित्तबाहेक सबै उपसूचक घटेको छ । उत्पादनमुल उपसूचक ३.५२ प्रतिशत र लघुवित्त उपसूचकमा ०.१४ प्रतिशतले वृद्धि भएको छ । यता विकास बैंक उपसूचक २.२३ प्रतिशत, हाइड्रोपावर १.९९ प्रतिशत, वित्त कम्पनी उपसूचक १.६७ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक १.५६ प्रतिशतले गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.४८ प्रतिशतले घटेको छ ।

नेप्सेमा गिरावट हुँदा कारोबार रकम साढे २ अर्बबाट तल झरेको छ । आज नेप्सेमा ५४ लाख ३९ हजार ८७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४६ करोड ४६ लाख ९० हजारको कारोबार भएको छ । कारोबार रकममा गोर्खाज फाइनान्सले लिड गरेको छ । कम्पनीको १९ करोडको कारोबार हुँदा हिमालयन डिस्टिलरीको १८ करोड ६६ लाख र कृषि विकास बैंकको ९ करोडको कारोबार भएको छ ।

नेप्सेमा गिरावट भएपनि गुलविल फाइनान्स र हिमालयन डिस्टिलरीको सेयरमूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै कृषि विकास बैंकको ४.९९ प्रतिशत, महुलि सामुदायिक लघुवित्तको ४.५३ प्रतिशत र शिवश्री हाइड्रोपावरको ४.२८ प्रतिशतले बढेको छ । यता माउन्टेन इनर्जीको सेयरमूल्य ६.१७ प्रतिशत, नारायणी डेभलमेन्ट बैंकको ५.८६ प्रतिशत, मैलुङखोला जलविद्युत कम्पनीको ५.८३ प्रतिशत, तेह्रथुम पावर कम्पनीको ५.३१ प्रतिशत र समृद्धि फाइनान्सको सेयरमूल्य ५.२० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७