‘स्टप सेक्सुअल ह्यारेसमेन्ट’ लेखेर विद्यार्थीले गरिन् आत्महत्या


५ पुष २०७८, सोमबार
Rape
सांकेतिक तस्वीर

काठमाडौं । कक्षा ११ मा पढ्ने एक विद्यार्थीले सुसाइड नोटमा ‘स्टप सेक्सुअल ह्यारेसमेन्ट’ लेखेर आत्महत्या गरेकी छन् । चेन्नईको बाहिरी क्षेत्रमा बसोबास गर्ने यी विद्यार्थीले आफ्नै छतमा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

बिहानै उनका बुबा-आमाले छोरीको शव झुण्डिएको अवस्थामा फेला पारेका थिए । लगत्तै प्रहरीको टोली आउर अनुसन्धानमा जुटेका थिए । प्रहरीले ती विद्यार्थीको कोठाबाट सुसाइट नोट फेला पारेका थिए ।

सुसाइट नोटमा उनले हरेक आमा-बुबाले आफ्नो छोरालाई केटीहरुको सम्मान गर्न सिकाउनुपर्ने उल्लेख गरेकी छन् । उनले कुनै छरछिमेक वा शिक्षकको भरोसा नगर्न आग्रह गरेकी छन् । उनले एक मात्र सुरक्षित स्थान आमाको कोख भएको सुसाइड नोटमा उल्लेख गरेकी छन् । सुसाइटको नोटको आधारमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको चेन्नई प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७