अर्जुन दास हत्या प्रकरण : पोष्टमार्टमका लागि दुई दिनपछि उठाइयो शव

श्रीमतीलाई अडियो पठाउने युवक पक्राउ


५ पुष २०७८, सोमबार
arjun saud

कैलाली । जङ्गलमा घाँटी रेटेर हत्या गरिएका कैलालीको जानकी गाउँपालिका-९ अमरावतीका २५ वर्षीय अर्जुन दासको शव पोष्टमार्टमका लागि उठाइएको छ । घटनास्थल अमरावती सामुदायिक वनबाट शव उठाएर पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेद जोशीले जानकारी दिए । उनका अनुसार पोष्टमार्टम रिपोर्टले पनि अनुसन्धानलाई सघाउने छ।

शव भेटिएको दुई दिन करिब ४८ घण्टा पछि दासको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको हो । शनिबार बेलुका जानकी गाउँपालिका-९ अमरावतीका दासको घाँटी रेटेर शरीर रुखमा बाँधिएको अवस्थामा शव भेटिएको थियो ।

Arjun dash Prakasran

प्रहरीले आइतबार पोष्टमार्टमका लागि शव अस्पताल लैजाने तयारी गरे पनि स्थानीयले हत्यारा नियन्त्रणमा नआउन्जेल शव उठाउन नदिने अडान लिएका थिए । दासका परिवारले हत्यारालाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् । यसैबीच अर्जुन दासको हत्याको घटना अनुसन्धानका लागि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । हत्याको घटनापछि स्थानीय मनोज भण्डारीले पठाएको फोन संवादको अडियो मृतककी श्रीमती धर्मादेवी दासको फेसबुक म्यासेन्जरमा पठाउने युुवक पक्राउ परेका प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले ती युवकलाई आइतबार साँझ पक्राउ गरिएको र उनीमाथि अनुसन्धान शुरु गरिएको बताए । तर घटनामा उनको संलग्नताबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले नाम सार्वजनिक गरेको छैन ।
घटनामा संलग्नहरुको खोजी भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

kailali hatya shok 1Jo73Epk7g

शुक्रबार साँझ घरबाट हिँडेका दास शनिबार साँझ जानकी गाउँपालिका-९ को अमरावती सामुदायिक वनमा घाँटी काटिएको अवस्थामा मृत फेला परेका थिए । दासको हत्या भएको अडियो फेसबुक म्यासेन्जरमा आएपछि अर्जुनकी श्रीमती धर्मादेवी शनिबार बिहान घटनाबारे जानकारी गराउन प्रहरी चौकी अमरावती पुुगेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७