तीन दिनदेखि हराइरहेकी महिला पोखरीमा मृत भेटिइन्


५ पुष २०७८, सोमबार

महोत्तरी । महोत्तरीमा तीन दिनदेखि हराइरहेकी एक महिला मृत अवस्थामा भेटिएकी छिन् । मटिहानी नगरपालिका-३ बर्दाहा बस्ने फजेल राईनकी २२ वर्षीया पत्नी रुक्साना खातुन सोमबार मृत भेटिएकी हुन् ।

२ पुसदेखि बेपत्ता रहेकी उनी घरदेखि नजिकै रहेको सार्वजनिक पोखरीमा मृत फेला परेको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७