बौद्धबाट गैंडाको खागसहित ६ जना पक्राउ


५ पुष २०७८, सोमबार
105 Shares
Rhino Khag 7.8 2078 4LH1ZcoDHL

काठमाडौं । प्रहरीले गैंडाको १ किलो १० ग्राम खागसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे बेदान गाउँपालिका-४ बस्ने ४१ वर्षीय वीरमान तमाङ, काभ्रे पाँचखाल नगरपालिका-६ बस्ने ४२ वर्षीय बेद बहादुर दनुवार, पाँचखाल नगरपालिका-३ घर भई सोही नगरपालिका-४ बस्ने ३१ वर्षीय सोहन कार्की छन् ।

यस्तै पाँचखाल बस्ने २० वर्षीय नवराज गिरी, काठमाडौं बौद्ध बस्ने सिन्धुली घर भएका ४१ वर्षीय भिम बहुर थिङ, भक्तपुर तेजबिनायक गठ्ठाघर बस्ने काभ्रे खानिखोला गाउँपालिका-५ घर भएका ३२ वर्षीय भिम तमाङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

गैंडाको खाग अवैध रुपमा बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि सोमबार डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

ncll 2
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७