रक्षामन्त्री रिजालको राजीनामा स्वीकृत, प्रधानमन्त्रीले लिए मन्त्रालयको जिम्मेवारी


५ पुष २०७८, सोमबार
minendrarijanrisgn1 20211216100755

काठमाडौं । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले थप एक मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यसअघि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई रक्षा मन्त्रालयको समेत जिम्मेवारी तोकेकी हुन् । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएसँगै राष्ट्रपतिले अर्को व्यवस्था नहुँदासम्म देउवालाई जिम्मेवारी तोकेकी हुन् । पार्टीको महामन्त्रीमा पराजित भएपछि रिजालले पुस १ गते पदबाट राजीनामा दिएका थिए ।

मनतरक करयभर वजञपत JxrhYSye53

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७