मंगलबारको सम्भावित कार्यसूचीमा परेन ‘एमसीसी’


५ पुष २०७८, सोमबार
Samsadma PM1626611237

काठमाडौं । प्रतिनिधि सभाको मंगलबार (पुस ६ गते) बस्ने बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पेश नहुने भएको छ ।

संघीय संसदको मंगलबार बस्ने बैठकको सम्भावित कार्यसूचीमा एमसीसीबारे उल्लेख गरिएको छैन ।संसद सचिवालयका अनुसार बैठकमा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडुले ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८’ र ‘फैजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै, सांसद प्रेम सुवालले उक्त दुवै अध्यादेश ‘अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ । पुस ६ गते बस्ने बैठकमा एमसीसी पेश हुने चर्चा भए पनि सम्भावित कार्यसूचीमा भने परेको छैन ।

संसदका नियमित कार्यसूचीबारे भने मंगलबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले निश्चित गर्नेछ ।सोमबार बसेको पाँच दलीय गठबन्धनको बैठक र सर्वदलीय बैठकमा एमसीसी संसदमा पेश गर्नेबारे सहमति हुन सकेको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७