‘अमेरिकासँग सहकार्यलाई स्वागत छ, तर टक्कर लिन पनि डराउँदैनौं’


५ पुष २०७८, सोमबार
wang yi0 435 kOyfdOJZlp

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकासँगको सहकार्य र स्वस्थ प्रतिस्पर्धालाई आफूहरुले स्वागत गर्ने तर टक्कर लिनुपरे पनि नडराउने बताएका छन् ।

‘चीनको व्यवहार सधैं स्पष्ट र एकै खालको रहँदै आएको छ,’ वाङले सोमबार भने, ‘संवादका लागि हामी तयार छौं तर बराबरीको हैसियतमा मात्रै । सहकार्यलाई स्वागत छ, तर त्यो दुईतर्फी हुनुपर्छ । प्रतिस्पर्धा पनि हानिकारक होइन, तर यो स्वस्थ हुनुपर्छ । चीन द्वन्द्वबाट पनि डराउँदैन । अन्तिमसम्म हामी झुक्ने छैनौं ।’

बेइजिङमा चीनको कूटनीतिसम्बन्धी एक गोष्ठीमा विदेशमन्त्री वाङले यस्तो टिप्पणी गरेका हुन् । अमेरिकाले चीनबिनै ‘समिट अन डेमोक्रेसी’ आयोजना र २०२२ को बेइजिङ हिउँदे ओलम्पिक कूटनीतिक बहिष्कारको निणर्य गरेपछि उनले यस्तो बताएका हुन् ।

वाङले आगामी वर्षमा चीनको कूटनीतिक प्राथमिकताको रुपरेखा अघि सार्दै बेइजिङ अमेरिका-चीन सम्बन्धमा प्रगतिको पक्षमा रहेको बताए । ताइवान सरकार स्वतन्त्रताका लागि अमेरिकासँग भर परेको र अमेरिकाले चीनलाई नियन्त्रणमा राख्न ताइवानलाई प्रयोग गरेका कारण पछिल्लो तनाव सिर्जना भएको पनि उनले बताए । उनले रुससँगको निकट सम्बन्धको पनि प्रशंसा गरे । एससीएमपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७