२०७८ पुस ६ गते मंगलबारको तपाईको राशिफल


६ पुष २०७८, मंगलवार
2254 Shares
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तीय संस्थाबाट सहयोग मिल्ने छ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
चलाखीपूर्ण बोलीले काम बन्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिने छ । सन्तान सुख पनि मिल्ने छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा उत्साहका साथै बोली बिक्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । नयाँ जिम्मेवारी पाइएला ।

ncll 2

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

jagdamba.cement

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । धार्मिक यात्राको योग र दैनिक कार्यमा प्रगति समेत हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा मधुरता छाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज सामान हराउने वा चोरी हुने सम्भावना बढी छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । शेयर बजारले पनि साथ नदेला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामको थालनी हुनेछ । काम गर्ने जोश, जाँगर र उमङ्ग बढ्ने छ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य विस्तारै अघि बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । दैनिक कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज कार्यसिद्धि हुने अवसर मिल्ने छ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ला । कृषि कार्यमा पनि सफलता पाइनेछ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७