माओवादी केन्द्र बागमती अध्यक्षमा सरल सहयात्री विजयी, अरू कुन पदमा को को ? (मत परिणाम)


६ पुष २०७८, मंगलवार
140 Shares
Capture1640045011

काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेश नेतृत्व चयनका लागि गरेको चुनावमार्फत सरल सहयात्री अध्यक्षमा निर्वाचित भएका छन् । कुनै पनि तहको नेतृत्व चयनका लागि माओवादी केन्द्रले चुनाव गरेको यो पहिलो पटक हो । बागमती प्रदेश नेतृत्व चयन गर्न सोमबार राति सम्पन्न मतदानको आज (मंगलबार) बिहान ३ बजेतिर सार्वजनिक गरिएको हो ।

सार्वजनिक नतिजाअनुसार प्रतिस्पर्धी दिनानाथ गौतमलाई हराउँदै सहयात्री माओवादी केन्द्र बागमती प्रदेशको अध्यक्ष बनेका हुन् । गौतमलाई ७६ मतले उछिन्दै सहयात्रीले अध्यक्ष पद जितेका हुन् । विजयी सहयात्रीले १६२ मत ल्याए भने गौतमले ८६ मत। जम्मा २ सय ६१ भोट खसेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तल्लो तहदेखि सर्वसम्मतिबाट नेतृत्व चयन गर्दै प्रदेश सम्मेलनसम्म आइपुगेको माओवादी केन्द्रले बागमती अध्यक्ष पदमा भने सहमति जुटाउन सकेन । गत मंसिर २५ र २६ गते काठमाडौंमा भएको बागमती प्रदेश सम्मेलनले २७५ सदस्यीय प्रदेश कमिटी चयन गरे पनि अध्यक्षसहितका पदाधिकारीमा सहमति हुन सकेको थिएन । जति प्रयास गर्दा सहयात्री र गौतमले दाबी नछोडेपछि पदाधिकारीको निर्वाचन गरिएको हो ।

ncll 2

निर्वाचनबाट बागमती उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी विजयी भएका छन् । अन्य ७ उम्मेदवारलाई पछि पार्दै यी तीन जना विजयी भएका हुन् । यसैगरी सचिव पदमा काभ्रेका इन्द्रबहादुर थिङ विजयी भएका छन् । सचिवका प्रतिस्पर्धीद्वय रामचन्द्र अधिकारी र धर्म डंगोललाई हराउँदै थिङ चुनिएका हुन् । यस्तै सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन् भने कोषाध्यक्ष संगीता भट्टराई भएकी छन् ।
हेर्नुहोस् परिणाम

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७