इङ्लिस क्लब टोटेनह्याम कन्फ्रेन्स लिगबाट बाहिरियो


६ पुष २०७८, मंगलवार

काठमाडौं । इङ्लिस क्लब टोटेनह्याम युरोपा कन्फ्रेन्स लिगबाट बाहिरिएको छ । कोरोनाका कारण स्थगित टोटेनह्याम र रेनसबीचको खेल युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रद्द गरेसँगै टोटेनह्याम बाहिरिएको हो ।

टोटेनह्याम र रेनसबीच समूह चरणको अन्तिम खेल डिसेम्बर ९ मा हुने तालिका थियो । तर, टोटेनह्यामका खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको थियो । यूईएफएले लिगको प्ले अफ ‘ड्र’ सार्वजनिक भइसकेको र यो खेलको लागि कुनै समय उपलब्ध नरहेकाले खेल रद्द गरिएको जनाएको छ ।

यूईएफएले नियमअनुसार रेनेसलाई ३-० को जितसहित ३ अङ्क दिएको छ । यो निणर्यसँगै रेनस समूह ‘जी’ मा ११ अङ्क जोडेर समूह विजेता बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७