उच्च पहाड र हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु र कुहिरो लाग्ने


६ पुष २०७८, मंगलवार
21 Shares
snow

काठमाडौं । अहिले देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । बुधबार पनि पहाडी भेगमा आंशिक बदली रही प्रदेश-१ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

काठमाडौंको आज (मंगलबार) विहानको तापक्रम ३.२ डिग्री सेल्सियस रहेको छ । विहान ६ बजे काठमाडौंमा ३.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो । हिजो विहान ६ बजे काठमाडौंमा ३.६ डिग्री सेल्सियस रहेको थियो । आज दिउँसो काठमाडौंको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् शान्ति कँडेल बताउँछिन् । उनका अनुसार आज दिउँसो काठमाडौंमा आंशिक बदली हुनेछ ।

ncll 2

तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । यद्यपि, हिजोको तुलनामा केही कम छ । मध्यान्ह्सम्म उक्त हुस्सु र कुहिरो हट्ने मौसमविद् कँडेलको भनाइ छ । यो वर्ष २.६ डिग्री सेल्सियससम्म तापक्रम झरिसकेको छ । चिसो अझै बढ्ने उनी बताउँछिन् । बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने भएकाले हवाई तथा सडक यातायात प्रभावित हुन थालेको छ । आज उच्च पहाड र हिमाली क्षेत्रका केही भागमा हिमपातको सम्भावना रहेको छ ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७