फिलिपिन्समा समुन्द्री आँधीबाट ज्यान गुमाउनेको संख्या ३७५ पुग्यो


६ पुष २०७८, मंगलवार
Philipines typhoon e64PEFrwW8

काठमाडौं । फिलिपिन्समा समुन्द्री आँधीबाट मृत्यु हुनेको संख्या ३७५ पुगेको छ । बीबीसीका अनुसार बिहीबार आएको शक्तिशाली आँधीको कारण अहिलेसम्म ३७५ जनाको मृत्यु पुष्टि भएको हो ।

फिलिपिन्सको दक्षिणपूर्वी टापुमा आँधीको असर सबैभन्दा धेरै देखिएको छ । यो क्षेत्रमा प्रतिघण्टा १९५ किलोमिटरको आँधी आएको समाचारमा उल्लेख छ । आँधीमा परी अहिलेसम्म ५०० मानिसहरु घाइते भएका छन् भने ५६ जना बेपत्ता छन् । स्थानीय अधिकारीहरुका अनुसार अहिले नै क्षतिको आकलन गर्न कठिन छ । अहिले धेरै स्थानको सम्पर्क विच्छेद भएको छ ।

त्यस्तै धेरै स्थानमा पहिरो र बाही आएकाले अझै धेरै मानिसको मृत्यु भएको हुन सक्ने आशंका छ । फिलिपिन्स । फिलिपिन्स रेड क्रसका प्रमुख रिचार्ड गोर्डनले अहिले फिलिपिन्सको अवस्था दोस्रो विश्वयुद्धको जस्तै रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७